ज्याक ग्रेलिस कीर्तिमानी १० करोड पाउण्डमा सिटीले गर्‍यो अनुबन्ध

फुटबल

काठमाडौं : इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले एष्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिसलाई बेलायतको कीर्तिमान रकम १० करोड पाउण्डमा अनुबन्ध गरेको छ। सिटीले बिहीबार ग्रेलिसलाई अर्को इंग्लिस क्लब एस्टन भिल्लाबाट १०० मिलियन पाउन्डमा भित्र्याएको जनाकारी दिएको हो ।

यसअघि २०१६मा म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पाउल पोग्बालाई ८ करोड ९० लाख पाउण्डमा अनुबन्ध गरेको रकम नै बेलायतमा खेलाडी स्थानान्तरणको सबभन्दा महंगो रकम थियो।

सिटीलेले ग्रेलिससँग ६ वर्षको सम्झौता गरेको छ। सर्जियो अग्युरोले लगाएकाे १० नम्बरकाे जर्सी अब उनले लगाउने छन् । ग्रेलिसले इंग्ल्यान्डका लागि १२ खेल खेलिसकेका छन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *