भारतिय महिला हक्की टिम पदक जित्ने खेलमा पराजित

टोकियो ओलम्पिक समाचार

काठमाडौं । भारतीय महिला हक्की टिम काश्य पदकका लागि भएको प्रतिस्पर्धामा बेलायतसँग ४–३ ले हारेको छ। २–० ले पछि परेको अवस्थामा भारतको महिला टोलीले पुनरागमन गरेपनि हार टार्न सकेन ।

अस्ट्रेलियालाई १–० ले हराउँदै भारतको महिला हक्की टोली पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा पुगेको थियो । बेलयात रियो ओलम्पिकको स्वर्ण पदक विजेता टिम हो। भारतको पुरुष टिमले बिहीबार ४१ वर्षपछि काश्य पदक जितेको थियो।

पुरुष हक्की टोलीले भने तेस्रो स्थानमा लागि भएको खेलमा जर्मनलाई हराउँदै कास्य पदक जितेको थियो । भारतले टोकियो ओलम्पिकमा अहिलेसम्म २ रजत र ३ कास्य गरी ५ पदक जितेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *