दशरथ रंगशालामा नेपालले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

फुटबल

काठमाडौं : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली पुरुष टोलीले भारतसँग त्रिपुरेश्वरस्थित दशरथ रंगाशाल दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।

भारतको चाहना अनरुप नै घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको एन्फाले जनाएको छ। नेपाल र भारत दुबै टोली साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् ।

पछिल्लो पटक सन् २०१५ मा नेपालले भारतसँगको खेल आयोजना गरेको थियो। दशरथ रंगशालामा सम्पन्न उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो। फिफा वरीयतामा नेपाल १७१ औै स्थानमा छ भने भारत १०५ औं स्थानमा छ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *