१८ वर्षपछि न्युजिल्याण्ड क्रिकेट टीमले पाकिस्तानको भ्रमण गर्ने

क्रिकेट

काठमाडौं : १८ वर्षपछि न्युजिल्याण्ड क्रिकेट टीमले पाकिस्तानको भ्रमण गर्ने भएको छ । अक्टोबर १७ देखि सुरु हुने टी–ट्वान्टी विश्व कप अगाडि न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्न लागेको हो ।

पछिल्लो पटक न्युजिल्याण्डले २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो । आगामी सेप्टेम्बर र अक्टोबरमा न्युजिल्याण्डको टीम भ्रमणमा आउने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । घरेलु टिमसँग न्युजिल्याण्डले एकदिवसीय र ट्वेन्टी–ट्वेन्टी सिरिज खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0