टोकियो ओलम्पिक : क्यानाडाले जित्यो महिला फुटबलको स्वर्ण पदक

टोकियो ओलम्पिक फुटबल

काठमाडौं : स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै क्यानडाले ओलम्पिकमा महिला फुटबलको स्वर्ण पदक जितेको छ । क्यानाडाको महिला फुटबल टिमले पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जापान राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलको ३४ औं मिनेटमा स्टिना ब्ल्याकटेनिएसको गोलबाट स्वीडेनले अग्रता लिएको थियो।

क्यानडाकी जेसी फ्लेमिङले ६७औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। अतिरिक्त समयमा दुवै टिमबाट थप गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *