नेपाली मुलकी अस्मिता आले इंग्लिस क्लब टोटेनहममा अनुबन्ध

फुटबल

काठमाडौं : नेपाली मुलकी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहम हटस्परमा अनुबन्धित भएकी छिन् । १९ वर्षीय डिफेन्डर अस्मितालाई टोटेनहमले शुक्रबार एस्टन भिल्लाबाट दुई वर्षको लागि अनुबन्ध गरेको जनाएको छ ।

टोटेनहमहट स्पर्स महिला टोलीले आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमा नेपाली मूलकी पहिलो महिला वुमन्स सुपर लिग (WSL) खेलाडी अस्मिता आलेलाई एस्टन भिल्लाबाट किनेको घोषणा गरेका छन्।

उनले टोटेनहममा १३ नम्वरको जर्सी लगाउनेछन् । अस्मिता गत सिजन एस्टन भिल्लाको उत्कृष्ट खेलाडी घोषित हुँदै ‘प्लेयर अफ द सिजन’ चुनिएकी हुन् । अस्मिताले गत सिजनको वुमन्स सुपर लिगमा १८ खेल खेलेकी थिइन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
8
+1
0
+1
2
+1
4
+1
1
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *