नेईमारले मेसि पिएसजीमा आए १० नम्बरको दिन तयार

फुटबल

काठमाडौं । दुई दशक भन्दा बढी समय बार्सिलोनामा बिताएका स्टार फुटबलरले लिओनल मेसीले करिब २१ बर्षपछि बार्सिलोना छाडेका छन् । बिहीबार बार्सिलोनाले विज्ञप्ती जारी गर्दै मेसीले क्लबले छाड्ने जानकारी दिएको थियो । बार्सिलोनासँग यसअघिको सम्झौता सकिएपछि क्लब र मेसीबीच नयाँ सम्झौता गर्ने तयारी थियो । तर अन्तिम समयमा ला लिगाको आर्थिक नियम बाधक बन्दा बार्सिलोनाले मेसीलाई अनुबन्ध गर्न नसकेको जनाएको थियो ।

सन् २००० मा बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भएका मेसीले सिनियर टिममा खेलेको नै १७ वर्ष भइसकेको छ । बार्सिलोनामा रहँदा मेस्सीले क्लबका लागि ६७२ गोल गरे भने १० वटा ला लिगाको उपाधिको साथै चारवटा च्याम्पियन्स लिग र ७ वटा कोपा डेल रेको उपाधि पनि जितेका थिए । उनी ६ पटक बालोन डि’ओर विजेता पनि बने ।

उता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई अनुबन्ध गर्न आन्तरिक तयारी थालेको छ। बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका मेस्सी पीएसजीमा जान सक्ने संम्भावना धेरै रहेको छ ।

यसै बिच ब्राजिलियन स्टार एवं पेरिस सेन्टर जर्मेन (पीएसजी)का फरवार्ड नेयमारले लियोनल मेस्सीका लागि १० नम्बर जर्सी छाड्ने भएका छन् । अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजी आएमा १० नम्बरको जर्सी दिन तयार रहेको नेयमारले क्लबमा प्रस्ताव गरेको गेट फ्रेन्च फुटबल न्युजले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
5
+1
0
+1
2
+1
0
+1
0
Tagged