अष्ट्रेलियाविरुद्ध बंगलादेशलाई ऐतिहासिक सफलता

क्रिकेट

काठमाडौं : बंगलादेशले तेस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै टी-२० मा ऐतिहासिक उपलब्धि हात पारेको छ । शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न तेस्रो खेलमा अस्ट्रेलियालाई १० रनले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो।

अष्ट्रेलियाविरुद्धको सिरिजमा बंगलादेशको यो पहिलो ऐतिहासिक सिरिज जित हो। यसअघि बंगलादेशले अष्ट्रेलियाविरुद्ध कुनै पनि फर्म्याटको सिरिज जितेको थिएन।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मिचेल मार्शले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै बेन म्याकडेरमोटले ३५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान महमुद उल्लाहले ५२ र शकिब अल हसनले २६ रन बनाए । बंगलादेशले २ खेल बाँकी छँदै श्रृखला ३–० ले जितेको हो ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *