आइपिएलमा बैङ्लोरको दोस्रो जित

आईपिएल क्रिकेट

एजेन्सी । रोयल च्यालेन्जर बेङलोरले इण्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ६ रनेल पराजित गर्दै बेङलोरले लगातार दोस्रो जित निकालेको हो ।

आइपीएलको इतिहासमा पहिलो पटक बेङलोरले सिजनको सुरुवातमा नै लगातार दुई खेल जितेको हो । प्रतियोगितामा हैदरावादको लगातार दोस्रो हार हो । टस हारेर ब्याटिङ रोजेको बेग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४९ रन बनाएको हो ।

बेङलोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय पारि खेल्दा कप्तान विराट कोहलीले ३३ रनको योगदान गरे । जवाफमा हैदरावादले २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ४३ रनमा समेटियो । यसैबीच आजको खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा हुँदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0