तीन खेलाडीले गरे थ्री स्टारसँग सम्झौता नवीकरण

फुटबल

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि ललितपुरको थ्री स्टारले तीन खेलाडी मिडफिल्डर सन्जोक राई, डिफेन्डर निशान खड्का र अनन्त तामाङसँग सम्झौता नवीकरण गरेको छ । आउँदै गरेको ए डिभिजन लिग र राष्ट्रिय लिगलाई ध्यानमा राख्दै थ्री स्टारले ३ खेलाडीको सम्झौता नवीकरण गरेको हो ।

क्लबले शनिबार खेलाडीसँग सम्झौता नवीकरण गरेको बताए पनि कति वर्षका लागि हो भन्ने खुलाएको छैन । थ्रीस्टारले यही लिगका लागि दोना थापालाई अनुबन्ध गरिसकेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ।

राष्ट्रिय टिमका मिडफिल्डर संजोगले नेपाललाई थ्री नेसन्स कप तथा काठमाडौं रेजर्सलाई एनएसएल उपाधि दिलाउन महत्वपूर्ण भुमिका निवार्ह गरेका थिए । अनन्त र सन्जोकले थ्री स्टारबाट पछिल्लो सिजनको ‘ए’ डिभिजन लिग खेलेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0