टोकियो ओलमपिक : पुरुष फुटबलको गोल्ड ब्राजिलले जित्यो

टोकियो ओलम्पिक फुटबल

काठमाडौं, साउन २३ : टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिलले स्वर्ण जितेको छ। योकोहामा अन्तर्राष्ट्रिय रंगशालमा शनिबार भएको फाइनल खेलमा ब्राजिलले स्पेनलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो। ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा म्याथ्युज कुन्हाको गोलबाट अग्रता लियो। ६१औं मिनेटमा स्पेनका मिकेल ओयार्जाबलले बराबरी गोल फर्काएका थिए।

अतिरिक्त समयको १०८औँ मिनेटमा माल्कोमले गोल गर्दै ब्राजिललाई २–१ को जितसहित स्वर्णपदक दिलाए । यसअघि ब्राजिलले रियो ओलम्पिक २०१६ मा पनि पुरुष फुटबलमा स्वर्ण जितेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0