निरजले भारतलाई दिलाए ऐतिहासिक पहिलो स्वर्ण

टोकियो ओलम्पिक समाचार

काठमाडौं, साउन २३ : टोकियो ओलम्पिकमा भारतले पहिलो स्वर्ण पदक जितेको छ । शनिबार पुरूष ज्याभलिन थ्रोमा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण दिलाएका हुन् । भारतको ओलम्पिकमा १३ बर्षपछिको यो पहिलो स्वर्ण पदक हो भने एथलेटिक्समा भारतले जितेको पहिलो स्वर्ण पदक हो ।

२३ वर्षीय चोपडा सन् २०१८ को कमनवेल्थ गेम्सका च्याम्पियन हुन्। उनले टोकियोमा ८७.५८ मिटर थ्रो गर्दा स्वर्ण पक्का भएको थियो। स्वर्ण जितेपछि उनले ‘अविश्वसनीय’ भन्दै प्रतिक्रिया दिएका छन्। ज्याबलिन थ्रो प्रतिस्पर्धामा रजत र काँस्य दुबै पदक चेक रिपब्लिकका खेलाडीले जितेका छन् ।

चोपडाको सफलतासँगै भारतले टोकियो ओलम्पिकमा अहिलेसम्म ७ पदक जितेको छ । जारी टोकियो ओलम्पिकमा भारतले १ स्वर्ण, २ रजत र ४ कास्य गरी कुल ७ पदक जितेको छ। जारी ओलम्पिकमा पदक जित्ने भारत दक्षिण एसियाको एक्लो देश हो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0