मेसीलाई फ्रेन्च क्लब पिएसजीले गर्‍यो २ वर्षको प्रस्ताव

फुटबल समाचार

काठमाडौं : अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले २ वर्षको प्रस्ताव राखेको छ । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।

स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न नसकेका मेस्सीका लागि पिएसजीले वार्षिक ३५ मिलियन युरो तलबसहित प्रस्ताव गरेको हो ।

यसअघि बिहीबार बार्सिलोनाले मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने जनाएको थियो । मेस्सी र पिएसजीबीच सहमति बनिसकेको र यसले चाडैं अन्तिम रुप लिने पिएसजीका मालिक तथा कतारी राजकुमार तमिम बिन हमाद अल थानीका भाई खालिद बिन हमादले जनाएका थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0