५० वर्षपछि लेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

फुटबल

काठमाडौं : म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै दोस्रो पटक लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार राति वेम्बली रंगशालामा भएको खेलमा लेस्टरले म्यानचेस्टर सिटीविरुद्ध १–० गोलको जित निकालेको हो।

खेलको ८९ औँ मिनेटमा केलिची इहिनाचोले पेनाल्टीमार्फत गरेको एक मात्र गोल लेस्टरलाई उपाधि दिलाउन पर्याप्त बन्यो । यता खेलमा ५७ प्रतिशत समय बलमा पकड बनाएको म्यानचेस्टर सिटीले विपक्षीको पोस्टमा १२ प्रहार गरे पनि सबै प्रयास विफल भएका थिए।

सिटीले रेकर्ड मूल्यमा अनुबन्ध गरेका ज्यान गियरलिसलाई खेलको ६५ औं मिनेटमा डेब्यूको अवसर दिए पनि उनले नजितामा बदलाब ल्याउन सकेनन्। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्।​ लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *