आज पत्रकार सम्मेलन गर्दै मेसी, बार्सिलोनाबाट विदाइबारे बोल्ने

फुटबल

म्याड्रिड । विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आज आइतबार बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया भएका छन्‌। बार्सिलोनाबाट छाड्ने बारेमा आधिकारिक जानकारी दिनका लागि मेसीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट विदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेसीले सम्मेलनमा बोल्ने अपेक्षा गरिएको छ ।

बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ,‘३४ वर्षीय मेस्सीले मध्याह्न हुने प्रेस सम्मेलनमा उनको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्‌। क्लबबाट उनको बिदाइ घोषणा भएदेखि यी उनका पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन्।’

अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आईरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ । सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेसीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged