केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा कीर्तिमानी स्वर्ण

टोकियो ओलम्पिक समाचार

एजेन्सी । केन्याका धावक इलुड किपचोगेले ओलम्पिकमा म्याराथनतर्फको स्वर्ण पदक रक्षा गरेका छन् । टोकियो ओलम्पिकमा आज बिहान सम्पन्न म्याराथनको निर्धारित दुरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा सकाउँदै किप्चोगेले साविक उपाधि रक्षा गरेका हुन् ।

यसअघि उनले रियो ओलम्पिक २०१६ मा पनि स्वर्ण जितेका थिए। ३६ वर्षीय इलुडले ओलम्पिक म्याराथनमा महान् खेलाडीको रूपमा दर्ज हुने क्रममा नेरदरल्यान्ड्सका अबडी नाबगीये भन्दा १ मिनेट २० सेकेन्डले अघि रहे।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0