लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिए

फुटबल

एजेन्सी । इंग्लीश च्याम्पियन लिभरपुललाई पाखा लगाउँदै रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति लिभरपुलको मैदानमा भएको क्वाटरफाइनल दोस्रो लेगको खेल गोलरहित बराबरीमा रोकिएसँगै रियाल मड्रिड सेमिफाइनलमा पुगेको हो ।

आफ्नौ मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिडले लिभरपुललाई ३–१ ले हराएको थियो । गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया डटर्मण्डलाई २–१ ले हराएको म्यान्चेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ ।

आफ्नै मैदानमा भएको पहिलो लेगको खेल पनि २–१ ले नैं जितेको म्यान सिटीले समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पारेको हो ।

गएरातिका खेलहरुसँगै युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र म्यान्चेस्टर सिटी तथा रियाल मड्रिड र चेल्सी भिड्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.