२१ बर्षपछि बार्सिलोना छोड्दा निकै बेर भक्कानिए मेस्सी

फुटबल

काठमाडौं, साउन २४ : २१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी बार्सिलोना क्लब छाड्दै गर्दा भावुक भएका छन् । क्लबबाट बिदा हुने निश्चित भएपछि पत्रकार सम्मेलन गर्दै उनले ‘आफ्ना लागि यो एकदमै कठिन क्षण’ भएको बताए । उनले बिदा माग्दा पत्रकार सम्मेलनमा उपस्थित सबैले गडगडाहट ताली बजाएका थिए ।

उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताउँदै आफू र आफ्ना परिवार बार्सिलोनामा नै बस्न तयार भएका बताए । उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताउँदै आफू र आफ्ना परिवार बार्सिलोनामा नै बस्न तयार भएका बताए ।

उनले थपे, ‘मैले २१ वर्ष बार्सिलोनामा बिताएँ, यहीँ मेरा तीन बच्चाको जन्म भयो । हाम्रो लागि बार्सिलोना घर हो । यो सहरले हामीलाई जे जति दियो, त्यसका लागि धन्यवाद दिनै पर्छ । म सबै खेलाडी साथीलाई पनि धन्यवाद दिन चाहन्छु । जसले मलाई साथ दिए, ती सबैप्रति म आभारी छु ।’

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
5
+1
3
Tagged