मेस्सीले क्लब छाड्दा स्तब्ध बनेका फ्यानलाई राहत, युभेन्टसमाथि बार्सिलोनाको शानदार जित

फुटबल

काठमाडौं : लियोनल मेसीलाई बिदाई गरेको बार्सिलोनाले गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा युभेन्टसलाई ३–० ले हराएको छ। मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकहरुलाई राहत दिएको थियो ।

बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै यसै समरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका मेम्फिस डिपाएको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।

५७औं मिनेटमा मार्टिन ब्रेथह्वाइटले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा रिकार्ड पुइगले तेस्रो गोल थपेपछि बार्सिलोनाले सहज जित निकालेको हो। उता, युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो, म्याथिस डि लिट र अल्भारो मोराटाले गोल फर्काउने प्रयास गरे पनि गोलकिपर नेटोले सबै प्रयास विफल बनाएका थिए ।

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो । खेलको शुरुवातमा समर्थकहरुले मेस्सीको नाम लिँदै मैदान गुञ्जाएका थिए ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged