पाकिस्तानका डानिस अजिजले चितवन टाइगर्सबाट इपीएल खेल्ने

क्रिकेट

काठमाडौं : पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेटर डानिस अजिजले चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेटमा चितवन टाइगर्सबाट खेल्ने भएका छन्। सोमपाल कामीको कप्तानीमा रहेको चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरेको हो ।

चितवन टाइगर्सका अप्रेसन्न डिरेक्टर विनिता चौधरीले अजिजलाई भित्र्याउँदा उत्साहित रहेको बताइन् । ‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्र्याउँदा हामी उत्साहित रहेका छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइन अपलाई नयाँ आयाम दिने छ’ चितवनले आइतबार जारी गरेको विज्ञप्तिमा विनिता चौधरीले भनेकी छन् ।

बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। चौथो संस्करणको इपिएल क्रिकेट असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुँदै छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *