टोकियो ओलम्पिकको समापन, कुन देशले कति पदक जिते (सुचीसहित)

टोकियो ओलम्पिक समाचार

काठमाडौं : जुलाई २३ देखि जापानको टोकियो सुरु भएको टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । यसपटकको ओलम्पिकमा अमेरिकाले सर्वाधिक स्वर्ण जितेको छ । उसले ३९ स्वर्णसहित कुल ११३ पदक जितेको छ । चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ । उसले कुल ८८ पदक जितेको छ ।

प्रतियोगिताको १६ दिनमा १५ दिनसम्म सुरुवातमा जापान र त्यसपछि चीनले शिर्षता हासिल गरेका थिए । तर अन्तिम दिनमा आएर अमेरीकाले चीनलाई एक स्वर्णले पछि पार्दै कुल पदकको संख्यापनि एक सय भन्दा बढि पुर्यायो ।

तेस्रो स्थानमा घरेलु टिम जापान रह्यो । उसले २७ स्वर्ण, १४ रजत र १७ काश्य सहित ५८ पदक जित्यो । चौथो स्थानको बेलायतले २२ स्वर्ण जित्दा १० देशले दोहोरो स्वर्ण हात पारे ।

प्रतियोगितामा कुल ६५ देशले स्वर्ण जित्दा ९३ देशले पदक हाशिल गरे । दक्षिण एशियाबाट छिमेकी देश भारतले यो पटक एक स्वर्णसहित ७ पदक जित्यो । जुन ओलम्पिकको इतिहासमा अहिलेसम्मकै धेरै पदक हो । यो पटक केहि यस्ता देशले पनि पदक जिते, जसले सबै आश्चार्यमा परे ।

नेपालले ओलम्पिकमा यसपटक पनि कुनै पदक जितेन । नेपाली पौडीवाजहरुले राष्ट्रिय किर्तिमानमा सुधार गरे । ओलम्पिकमा आशा गरिएका नाम चलेका खेलाडी पदक विहिन भए । जसमध्ये टेनिसका विश्व नम्बर एक नोभाक जोकोभिक र टेनिसकी विश्व नम्बर २ ओसाका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
1
+1
1
+1
0