मनिष डाँगी मछिन्द्रमा अनुबन्ध, पारिश्रमिक एक लाख भन्दा धरै

क्रिकेट

काठमाडौं : दक्षिण कोरीयाको फुटबल एकेडमीमा रहेर आफ्नो फुटबलको कला लाई निखारेका नेपाली राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले अनुबन्ध गरेको छ । एक लाख बढी पारिश्रमिक दिने गरि मनिषलाई अनुबन्ध गरिएको मछिन्द्र क्लब स्रोतले जनाएको छ ।

मनिषले राष्ट्रिय टिमको डेब्यु खेलमै इराकविरुद्ध गोल गरेका थिए । उनले विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपेइ, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेलेका थिए । उनी साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पनि सहभागी छन् । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1