नेपालमा हुने भनिएको एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तान सर्यो

फुटबल

काठमाडौं : नेपालमा हुने भनिएको एएफसी महिला एसियन कपको छनोट अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनसार कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थस्थल उज्वेकिस्तानमा हुन लागेको हो ।

यस अघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा छ। घरेलु मैदानमा हुने आशाका साथ बलिया राष्ट्रविरूद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *