गारेथ बेल पेनाल्टीमा चुकेपछि एसी मिलानसँग बराबरीमा रोकियो रियल मड्रिड

फुटबल

काठमाडौं : प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड र इटालियन क्लब एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । डेभिड अलावाले रियल मड्रिडको लागि पहिलो खेल सुरुआत गर्दा रियलले बराबरी खेलेको हो । यस्तै यसै सिजन अनुबन्ध भएका अलावाले पहिलो हाफ पूरै खेले र दोस्रो हाफमा उनलाई एडर मिलिटाओले रिप्लेस गरे ।

लोनमा टोटेनह्याम गएर फर्किएका गारेथ बेल ४०औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहारलाई मिलानका गोलकिपर माइक काइगननले बचाइदिए। बेलले २०२० जुनदेखि रियालबाट खेलेका थिएनन्। रियालले १५ अगष्टमा डेपोर्टिभो अलाभेसविरुद्धको खेलबाट नयाँ सिजन सुरु गर्नेछ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *