एएफसी कप : बेंग्लुरुसँग आर्मीको लज्जास्पद हार

फुटबल

काठमाडौँ : विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफको दोस्रो चरणमा भारतको बेंगलुरुसँग फराकिलो हार व्यहोरेको छ ।

गोवास्थित जीएमसी स्टेडियममा बुधबार भएको खेलमा आर्मी बेंगलुरुसँग ५–० गोल अन्तरले पराजित भएको हो । बेंगलुरुलाई जित दिलाउन राहुल भेके र सेलिटन सिल्भाले २÷२ गोल गरे । सुनिल क्षेत्रीले एक गोल गरे । पहिलो हाफमा घरेलु टिमसँग गोलरहित बराबरी

खेलेको आर्मीले दोस्रो हाफमा निकै फितलो प्रदर्शन गरेको थियो । खेलको ५१ औं मिनेटमा राहुलले गोल गर्दै बेंगलुरुलाई १–० को अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा सुनिलले गोल गर्दै टिमको अग्रता २–० को बनाए । यसैगरी ६१ औं मिनेटमा सिल्भाको गोलबाट बेंगलुरु ३–० ले अघि रह्यो ।

खेलको ६३ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि बेंगलुरुले ४–० को अग्रता बनायो । त्यसपछि खेलको ६५ औं मिनेटमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै बेंगलुरुलाई ५–० को जित दिलाए ।

यस हारसँगै आर्मीको प्ले अफको अर्को चरणमा पुग्ने सपना सकिएको छ । अब बेंगलुरुले अर्को चरणमा बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ ।

पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ ले हराएर आर्मीले बेंगलुरुसँगको भेट पक्का गरेको थियो । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0