एभरेस्ट प्रिमियर लिगको ट्रफी सार्वजनिक

क्रिकेट

काठमाडौं : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग(ईपीएल)–टी २० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । असोज ९ गतेदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने ईपीएलको सोमबार एक कार्यक्रमकाबीच विजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरिएको हो ।

आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले ट्रफी विशेष खालको रहेको जानकारी दिए। आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकले दाबी गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता प्राप्त ईपीएलमा विश्व क्रिकेटका नाम चलेका खेलाडी समेत आउनेछन् । लिगमा पाकिस्तानका शाहिद अफ्रिदी, शोयब मल्लिक र वेस्ट इन्डिजका ब्रेथवेटले सहभागी हुँदैछन् ।

चौंथो संस्करणको ईपीएल आगामी असोज ९ गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । जसमा ललितपुर प्याट्रिओट्ससँगै काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले ईपीएलमा प्रतिस्पर्धा गर्ने छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *