१३ औं साफ च्याम्पियनसिप नेपालमा हैन माल्दिभ्समा हुने

फुटबल

काठमाडौं, साउन २५ : १३ औं संस्करणको साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता माल्दिभ्समा आयोजना हुने भएको छ । आज बसेको साफको कार्यकारी समितिले आगामी अक्टोबर १ देखि १३ सम्म प्रतियोगितामा माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको छ।

साफ आयोजना गर्न नेपालले पनि प्रस्ताव पेश गरेको थियो। दुवै देशको प्रस्ताव अध्ययनपछि साफले माल्दिभ्सलाई आयोजक छानेको हो। पछिल्लो पटक सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा साफ आयोजना गरेका थिए । नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ आयोजना भएको थियो ।

१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ भने भूटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो ।

साफ च्याम्पियनसिप अहिलेसम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । दुबै संस्करणमा नेपाल अफगानिस्तानसँग सेमिफाइनलमा पराजित भएको छ ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *