कार्लोस ब्रेथवेट र शोएब मलिक ईपीएल खेल्न नेपाल आउने

क्रिकेट

काठमाडौं : वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानी ब्याट्सम्यान शोएब मलिक चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न नेपाल आउने भएका छन् । विश्व स्टार खेलाडीहरूको नाम सार्वजानिक गरिए पनि कुन टोलीबाट खल्ने भने खुलाएको छैन।

ब्रेथवेटले वेस्ट इन्डिजबाट टि–ट्वान्टी विश्वकप जितिसकेका छन् । २०१६ को टि-२० विश्वकप फाइनलको अन्तिम ओभरमा १९ रन चाहिँएको अवस्थामा इंग्ल्यान्डका बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गर्दै ब्रेथवेटले टि२० विश्वकप जिताएका थिए । पूर्व कप्तान मलिक टी–ट्वान्टीमा पाकिस्तानका अनुभवी र सफल खेलाडी हुन् ।

चौंथो संस्करणको ईपीएल आगामी असोज ९ गतेदेखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । जसमा ललितपुर प्याट्रिओट्ससँगै काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले ईपीएलमा प्रतिस्पर्धा गर्ने छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged