मैत्रीपूर्ण खेलमा ओसासुनामाथि लिभरपुलको जित

फुटबल

काठमाडौं : प्रि–सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग क्लब लिभरपुलले जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब ओसासुनालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनोले दुई गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । ओसासुनाका किकेले एक गोल फर्काए । लिभरपुल गत सिजन लिग उपाधि जित्नबाट बञ्चित भएको थियो ।
लिभरपुलले च्याम्पियन्स लिगमा पनि सोचे अनुरुप प्रदर्शन गर्न सकेको थिएन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0