युवा मिडफिल्डर आयुष घलान थ्री स्टारमा अनुबन्ध

फुटबल

काठमाडौं। थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा युवा फुटबलर आयुष घलानलाई थ्रीस्टार क्लबले अनुबन्ध गरेको छ। थ्रीस्टारले आज मंगलबार सूचना जारी गर्दै १८ वर्षीय मिडफिल्डर आयुषलाई अनुबन्ध गरेको जानकारी दिएको हो।

उनले कुवेत भ्रमणमा रहँदा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमार्फत नेपालका लागि डेब्यु गरेका थिए । नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको खेलको उनी ९०औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

आयुषले पहिलो पटक नेपालको शीर्ष डिभिजन लिग खेल्न लागेका हुन् । उनले पछिल्लो पटक खुमलटार युथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए । शहीद स्मारक ए डिभिजन लिग कार्तिक २९ गतेबाट सुरु हुँदैछ। लिगका लागि क्लबहरु धमाधम खेलाडी अनुबन्धनमा लागेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *