मेसी २ वर्षका लागि पिएसजीमा अनुबन्धित, पारिश्रमिक वार्षिक २५ मिलयन पाउन्ड

फुटबल

काठमाडौं : बार्सिलोनाबाट हालै विदा भएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी फेन्च क्बल पिएसजीमा आवद्ध भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मेस्सी २ वर्षका लागि पीएसजीमा रहनेगरी सम्झौता भइसकेको दाबी गरेका छन्।

द स्काई स्पोर्ट्सका अनुसार मेस्सीले पिएसजीसँग २ वर्षको सम्झौता गर्नेछन् त्यसमा १ वर्ष सम्झौता लम्बाउन सकिने विकल्प पनि रहेको छ । पिएसजीले मेस्सीलाई वार्षिक २५ मिलयन पाउन्डको प्रस्ताव राखेको छ । पिएसजीले केही दिनपछि उनलाई सार्वजनिक गर्नेछ ।

६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए । मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् भने कप्तानको रुपमा ३५ ट्रफी उचालेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
2