एन्फाका पुर्व प्रवक्ता किरण राई भन्छन् : ‘मुख्य प्रशिक्षक अलमुताइरी अनुशासन बाहिर गए’

फुटबल

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी अनुशासनको दायराभन्दा बाहिर भएको बताएका छन् । एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको उनको भनाइ छ ।

फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलबार बयान दिएर फर्केपछि राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर तर्क गरेका हुन् । ‘प्रशिक्षकले संस्थाका उपाध्यक्षलाई लगाउनुभएको आरोप अनुशासनभन्दा बाहिर गएको जस्तो मलाई लागेको छ । प्रशिक्षकबाट त्रुटि भएजस्तो लाग्छ ।’ पूर्व प्रवक्ता राईले भने,

कुनै पनि पक्षमा नलाई, सत्यतथ्य रुपमा आफ्नो दृष्टिकोणमा जे सही थियो त्यही बयान दिएको राईले जानकारी दिए । प्रवक्ताराईले एन्फाले आफैँ गर्नुपर्नेमा तेस्रो पक्षलाई छानबिन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिएका थिए ।

तर एन्फा प्रवक्ता किरण राईले एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भए अनुसार काम नभएको भन्दै तेस्रो पक्षमा छानबिन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

छानबिन समितिले मंगलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासँग बयान लिने सूची तयार पारेको छ । सूचीमा घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक पनि रहेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged