पिएसजीमा अनुबन्ध भएपछि मेस्सीले भने : ‘केहि नयाँ उदेश्य पुरा गर्न यहाँ आएको छु’

फुटबल

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गरेका छन् । मेस्सीले मंगलबार बिहान पीएसजीसँग दुई वर्ष सम्झौता गरेका हुन् । मेस्सी सन् २०२३ सम्म पीएसजीमा रहन समहत भएका छन् ।

पिएसजीमा उनको तलब साताको १० लाख पाउण्ड रहेको छ । यसको झण्डै ४५ प्रतिशत उनले कर बुझाउनुपर्ने हुन्छ । मेस्सीको आगमनले पिएसजी फुटबल क्लब झनै शक्तिशाली भएको क्लबका अध्यक्ष नासिर अल खलिफाले बताए ।

पिएसजीमा यसअघि नैं विश्वका स्टार खेलाडीहरु नेयमार र किलियन एम्बाप्पे रहेका छन् । मेस्सीले यी दुई खेलाडीसँग मिलेर पिएसजीको आक्रमण समाल्नेछन् ।

पीएसजीमा अनुबन्धपछि बोल्दै मेस्सीले आफ्नो लक्ष्य र पीएसजीको भिजनमा समानता रहेकोे तथा उत्कृष्ट खेलाडीसँगै केही नयाँ उद्देश्य पूरा गर्न चाहेको बताएका छन् ।

उनको आगमनपछि क्लबले युरोपियन च्याम्पियन्स लिग फुटबल जित्ने लक्ष्य राखेको छ । सन् २००४ देखि बार्सिलोनाबाट व्यवसायीक खेल खेलेका मेस्सीको १७ वर्षे खेल करियरमा पिएसजी दोस्रो क्लब हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged