पिएसजीमा मेस्सीको तलब कति ?

फुटबल

काठमाडौं : ६ पटकका बालोन डी ओर विजेता लियोनल मेसीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका छन् । स्पेनिस लिगको नयाँ वित्तिय व्यवस्थाको कारण बार्सिलोना छाड्न बाध्य भएका मेस्सीले दुई वर्षको लागि पिएसजीसँग सम्झौता गरेका हुन् ।

पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने शर्तमा अनुबन्धन गरेको हो । एक वर्ष थप भएमा सोहि रकम हुने उल्लेख छ ‌‌। यसको झण्डै ४५ प्रतिशत उनले कर बुझाउनुपर्ने हुन्छ । यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ ।

२ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । सन् २००४ देखि बार्सिलोनाबाट व्यवसायीक खेल खेलेका मेस्सीको १७ वर्षे खेल करियरमा पिएसजी दोस्रो क्लब हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
Tagged