पीएसजीमा मेसीले रोजे ३० नम्बरको जर्सी

फुटबल

काठमाडौं : अर्जेन्टिनी कप्तान लियोनल मेसीले अब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आवद्ध भएका छन् । मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा दुई वर्षे सम्झौता गरेका हुन् ।

बार्सिलोना छाडेर छोरा र पत्नीसहित पेरीस पुगेका उनले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक पाउने अन्तर्राष्ट्रिय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् । मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए।

मेसीले पीएसजीमा ३० नम्बरको जर्सी लगाउने छन् । पीएसजी आउने निश्चित भएपछि उनका ब्राजिली साथी खेलाडी नेयमारले उनलाई १० नम्बरको जर्सी दिने प्रस्ताव पनि राखेका थिए । तर ३४ वर्षीय मेसीले त्यसलाई स्वीकारेनन् ।

फ्रान्समा अधिकांश समय ३० नम्बरको जर्सी तेस्रो रोजाइका गोलरक्षकले लगाउने गर्छन् । मेसीले केही समय बार्सिलोनामा यही नम्बरको जर्सी लगाएर पनि खेलेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
0