मेस्सीले भने– ‘पिएसजीबाट च्याम्पियन्स लिग जित्ने सपना छ’

फुटबल

काठमाडौं : पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका लिओनल मेस्सीले च्याम्पियन्स लिग जित्नु आफ्नो लक्ष्य भएको बताएका छन् । उनले बार्सिलोनाबाट चार पटक च्याम्पियन्स लिग जितिसकेका छन् । अब, पिएसजीबाट जित्न चाहन्छन् ।

उनले स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी अनुबन्ध भएपछि बुधबार भएको पत्रकार सम्मेलनमा आफ्नो र क्लबको लक्ष्य च्याम्पियन्स लिग जित्ने रहेको बताएका हुन् । २०२० को फाइनलमा बार्यन म्युनिखसँग पराजित भएको पीएसजी च्याम्पियन्स लिगको पहिलो उपाधि जित्न चाहन्छ । त्यसलाई बुझेका मेस्सीले भने, ‘मेरो लक्ष्य र सपना भनेको फेरि एक पटक च्याम्पियन्स लिग जित्नु हो ।’

‘पिएसजीले मलाई जुन हिसाबले स्वागत गर्यो, त्यो साँच्चै अविश्वसनीय थियो,’ मेस्सीले थपे,‘क्लबका लागि खेल्न म धेरै समय कुर्न सक्दिनँ ।’ मेस्सीले बार्सिलोना छाड्दाको क्षण निकै कठिन भएको पनि बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0