बार्सिलोनाबा बाहिरिएपछि क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातियो

समाचार

काठमाडौं । बार्सिलोना छाड्ने घोषणा गर्दा निकै भावुक देखिएका मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका छन् । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको मेस्सीको पोष्टर च्यातिएको छ ।

पिएसजीसँग अनुबन्ध भएसँगै बार्सिलोनाले आफ्नो घरेलु रंगशाला नाउ क्याम्पमा रहेको मेसीको पोस्टर हटाएको छ । रंगशाला प्रवेश गर्ने गेटअगाडि नै मेसीसँगै बार्सिलोनाका स्टार खेलाडीका पोस्टर राखिएको थियो । बार्सिलोनाले मंगलबार नै मेसीको तस्बिर हटाउन निर्देशन दिएको हो । सन् २००४ मा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका मेसीले नाउ क्याम्पमा ३४ उपाधि जितेका छन् । १७ सिजन बार्सिलोनामा रहँदा उनले दशपटक स्पेनिस ला लिगा र कोपा डेल रे सातपटक उचालेका छन् । यसैगरी उनले युईएफए सुपर कप तथा क्लब विश्वकप समान तीनपटक हात पारेका छन् ।

मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए। बार्सिलोना छाडेर छोरा र पत्नीसहित पेरीस पुगेका मेस्सीले पीएसजीसँग दुई वर्षे सम्झौता गरिसकेका छन् ।उनले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक पाउने अन्तर्राष्ट्रिय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
2
+1
1
+1
0
+1
1