पेनाल्टीमा भिल्लारियललाई हराउँदै चेल्सीले जित्यो सुपर कपको उपाधि

फुटबल

काठमाडौं । स्पेनिस ला लिगा क्लब भिल्लारियाललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै चेल्सीले यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

चेल्सीका लागि २७ औँ मिनेटमा हकिम जियचले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १-० ले पछि परेको रियलका लागि ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित र थप समयका कुनै टोलीले गोल गर्न सकेनन् ।

पेनाल्टीमा चेल्सीका लागि काई हाभर्टजको सुरूआती प्रहार भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले बचाएका थिए। त्यसपछि चेल्सीको सबै ६ पेनाल्टी गोल भएको थियो।

भिल्लारियलका लागि दोस्रो र अन्तिम प्रहार गोल भएन। उसका लागि जेरार्ड मोरेनो,पेर्भिस स्टुपिनान, मोइ गोमेज ड्यानियल रावा र जुआन फोयथले गोल गरेका थिए। एइसा मान्दी र राहुल अल्विओलको प्रहारलाई गोलरक्षक केपाले बचाउँदै चेल्सीलाई च्याम्पियन बनाए।

चेल्सीले यो उपाधि जितेको दोस्रोपटक हो।यसअघि १९९८/९९मा सुपरकपको उपाधि जितेको थियो।च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच सुपरकपको फाइनल हुन्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0