आउँदो शनिबार मेस्सीले पिएसजीबाट डेब्यु खेल खेल्ने

फुटबल

काठमाडौं । अर्जेटिनी खेलाडी लियोनेल मेस्सी फेन्च क्बल पीएसजीमा दुई बर्षको लाग अनुबन्धित भइसकेका छन् । भर्खरै मात्र बार्सिलोनाबाट बिदा भएका लियोनेल मेस्सीले पीएसजीको प्रस्तावमा सहमति जनाउँदै २ वर्षका लागि सम्झौता गरेका हुन् ।

पिएसजीमा आवद्ध हुने बित्तिकै मेस्सीले फेरि एकपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने सपना रहेको बताएका छन् । यो पटक पिएसजीबाट त्यो चाहना पूरा गर्ने उनले बताएका हुन् । ३४ वर्षका मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले पछिल्लोपटक सन् २०१५ मा उपाधि जितेका थिए । तर अब पिएसजीमा मेसिले कहिले डेब्यु खेल खेल्छन् भन्ने सबैलाई चासो रहेको छ ।

मेसीले आउँदो शनिबार नै पिएसजीबाट आफ्नो पहिलो खेल खेल्नेछन् । शनिबार घरेलु लिग वानमा पिएसजी र स्ट्रर्सबर्गको सामना गर्दैछ। उक्त खेल पिएसजीको घरेलु मैदान पार्क देस प्रिसेन्समा हुनेछ। नेपाली समयअनुसार राति १२ः४५ बजे हुने उक्त खेलमा मेसीले पिएसजीबाट डेब्यू गर्ने लगभग पक्का छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *