फिफा वरियतामा नेपालको तीन स्थान सुधार, नयाँ वरियतामा नेपाल १६८ औं स्थानमा

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा तीन स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा यसअघि १७१ मा रहेको नेपाल १६८ औं स्थानमा छ ।

पछिल्लो समय नेपालले खेलेको थ्री नेशन्स कप र विश्वकप तथा एसिया कप छनोटका खेलहरू खेलेको आधारमा बरियतामा सुधार आएको हो। मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९६८ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ४ अंक थप्दै ९७२ बनाएको छ ।

दक्षिण एसियामा भारत सबैभन्दा अघि १०५ औं स्थानमा छ । यस्तै माल्दिभ्स १५८ औं स्थानमा झरेको छ । नेपाल भन्दा पछि रहेकामध्ये भुटान १८७ औं, बंगलादेश १८८ औं, पाकिस्तान १९८ औं र श्रींलका २०५ औं स्थानमा छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0