कीर्तिमानी मूल्यमा चेल्सी फर्किए रोमेलु लुकाकु

फुटबल

एजेन्सी । बेल्जियन खेलाडी रोमेलु लुकाकु रेकर्ड ९.७५ करोड पाउन्डमा पुनः इंग्लीश फुटबल क्लब चेल्सी फर्किएका छन् । सन् २०१४ मा चेल्सी छोडेर एभर्टन जाँदा लुकाकुको मुल्य २८ मिलियन पाउण्ड रहेको थियो । २८ वर्षीय बेल्जियन खेलाडीले चेल्सी पाँच वर्षे करार गरेका छन् ।

यसअघि एभर्टन र म्यान्चेस्टर युनाईटेडबाट समेत खेलिसकेका लुकाकु बेल्जीयमको राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन् । लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए ।

सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged