किरण चेम्जोङले भारतमा जिते ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले आई-लिगमा ‘फ्यान्स प्लेयर अफ दि सिजन’को अवार्ड जितेका छन्। उनले गत सिजन राउण्ड ग्लास पञ्जाबाट लिग खेलेका थिए ।

आई-लिगले बिहीवार सार्वजनिक गरेको अवार्ड अनुसार लिगमा समर्थकले किरणलाई सिजनकै उत्कृष्ट खेलाडीका रूपमा मनोनित गरेका हुन्। किरणले यसअघि आई लिगमा गाेलकिपर अफ दि सिजन र फ्यान अवार्ड अन्तर्गत पनि गाेलकिपर अफ दि सिजन अवार्ड जितेका थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0