२०२५ सम्म भर्जिल भान लिभरपुलमै रहने

फुटबल

काठमाडौं । डच डिफेन्डर भर्जिल भान डाइकले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन् । लिभरपुलले शुक्रबार नेदरल्यान्ड्सका ३० वर्षीय डिफेन्डर भान डाइकले सम्झौता नवीकरण गरेको जानकारी दिएको हो।

३० वर्षीय डिफेन्डर सन् २०१८ मा साउथह्याम्पटनबाट लिभरपुल गएका थिए । उनी विश्व फुटबलमा दोस्रो महँगो डिफेन्डर हुन् । म्यान्चेस्टर युनाइटेडका डिफेन्डर ह्यारी मग्वायर विश्व फुटबलमा सर्वाधिक महँगो डिफेन्डर हुन् ।

लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जितिसकेका छन्। उनले १ सय ३० खेलमा १३ गोल गरिसकेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0