‘एमबाप्पे पिएसजीमै रहनेछन्’

फुटबल

काठमाडौं । पेरिस सेन्ट जर्माइन (पिएसजी) का अध्यक्ष नस्सर अल खेलाईफीले जस्तोसुकै रकमको प्रस्ताव आएपनि एमबाप्पेलाई नबेच्ने बताएका छन् । ‘एम्बाप्पे पीएसजीका खेलाडी हुन्। उनले क्लब छाड्न चाहन्न भनेर भनिसकेका छन्,’उनले भने,‘उनी यहीँ रहनेछन्।’

स्पेनिस क्लब रियल मड्रिडले एम्बाप्पेलाई भित्र्याउन पछिल्लो सिजनदेखि प्रयास गरिरहेको छ। उनको आगामी सिजन पीएसजीसँगको सम्झौता सकिँदैछ। यद्यपि,खलिफाले जस्तोसुकै रकमको प्रस्ताव आएपनि एम्बाप्पेलाई बेच्न नसकिने स्पष्ट पारे।

२०१७ मा मोनाकोबाट पीएसजीमा आएदेखि एम्बाप्पेले अहिलेसम्म १७२ खेल खेल्दै १३२ गोल गरेका छन्। त्यस्तै, उनले ६२ गोल असिस्टसमेत गरेका छन्। यस अवधिमा एम्बाप्पेले तीनपटक लिग वान उपाधि जितेका छन् भने एक पटक च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *