पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडबचसँग बराबरीमा रोकियो बायर्न

फुटबल

एजेन्सी : साविक विजेतन बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बोरुसिया मोन्चेनग्लाडबचसँग १–१ को बराबरीमा रोकिएको छ।

मोन्चेनग्लाडबाखको मैदानमा भएको खेलको १०औं मिनेटमा अलसाने प्लिआले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले लार्स स्टिन्डीलको पासमा गोल गरेका हुन्।

बायर्नका रोबर्ट लेवनडोवस्कीले ४२औं मिनेटमा बराबरी गोल फर्काए। पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले पछिल्ला सबै ११ खेलमा गोल गरेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *