मेस्सीको जर्सी बेचेरै पीएसजीले कमायो ३० मिलियन यूरो

फुटबल

एजेन्सी। १० अगस्टमा बार्सिलोनाबाट लियोनेल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आएपछि ३० मिलियन यूरोको जर्सी बिकेको छ। मेस्सीसँग सम्झौता भएलगत्तै पीएसजीले मेस्सीको ३० नम्बरको जर्सी बेच्न आफ्नो स्टोरमा राखेको थियो। उक्त जर्सी केही घन्टामै सकिएर थप जर्सी ल्याएपछि ३० मिलियन यूरोभन्दा बढीको जर्सी बिकेको बताइएको छ। मेस्सी आएपछि चीनमा पीएसजीको जर्सीको माग ६५ प्रतिशतभन्दा बढीले बढेको सञ्चारमाध्यमहरुले बताएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *