ला लिगामा आज डिपोर्टिभो आल्भेस र रियल म्याड्रिड भिड्दै ! कस्ले जित्ला खेल ?

फुटबल

काठमाडौं : स्पेनिस लिग ला लिगा अन्तर्गत आज हुने सिजनको पहिलो खेलमा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेसको सामना गर्दैछ । इस्टेडियो मेन्डिजोरोजामा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ ।

आज हुने खेल जित्दै रियल म्याड्रिड सिजनको उत्कृष्ट शुरुवातको खोजीमा रहेको छ । गत सिजन अन्तिम दिनमा लिग गुमाएको म्याड्रिड दोस्रो स्थानमा रहेर ला लिगाको अन्त्य गरेको थियो । गत सिजन लिगको मात्र चार खेलमा हार बेहोरेपनि म्याड्रिड शिर्ष स्थानको एथ्लेटिको भन्दा २ अङ्कले पछि परेको थियो ।

जिनेदिन जिदानले क्लब छोडेपछि कार्लो एन्सेलोट्टी दोस्रो कार्यकालको लागि म्याड्रिड फर्किएका छन् । यसअघि सन् २०१३ देखि २०१५ सम्म रियलको मुख्य प्रशिक्षकको जिम्मेवारी समालेका एन्सेलोट्टीले टोलीलाई कोपा डेल रे, च्याम्पियन्स लिग, युईएफए सुपर कप र क्लब विश्वकपको उपाधि जिताएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0