ब्रुनोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको फराकिलो जित

फुटबल

काठमाडौं, साउन ३० : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार सुरूवात गरेको छ। ब्रुनो फर्नान्डेजको उत्कृष्ट ह्याट्रिकको मद्दतले म्यान्चेस्टर युनाइटेडले लिड्सलाई ५–१ को विशाल अन्तरले पराजित गर्न सफल भएको हो ।

खेलको ३० औं मिनेटमा पउल पोग्बाको पासमा फर्नान्डेजले गोल गर्दै म्यानचेस्टरलाई खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा म्यानचेस्टर एक गोलले अघि रह्यो। तर दोस्रो हाफको शुरुवातमा नै लुका आयलिङले लिड्सका लागी बराबरी गोल फर्काए ।

खेलको ५२ मिनेटमा पोग्बाको पासमा ग्रीनउड र ५४ औं मिनेटमा उनकै पासमा फर्नान्डेजले गोल थपे। त्यस्तै ६० औं मिनेटमा अर्को गोल थप्दै फर्नान्डेजले यो सिजन लिगमा आफ्नो पहिलो खेलमै ह्याट्रिक पुरा गर्न सफल भए। यस्तै ६८औँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए ।

जितसँगै युनाइटेडले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । युनाइटेड तालिकाको शीर्ष स्थानमा रहेको छ । लिड्सले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *