पिएसजीको शानदार जितमा मेस्सी बने दर्शक

फुटबल

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । गएराति भएको खेलमा पिएसजी स्टार्सबर्गमाथि ४–२ को जित निकाल्न सफल भएको हो ।

पिएसजीका लागि इकार्डीले तेस्रो मिनेटमा गोल गर्दा एमबाप्पेले २५, ड्राक्सलरले २७ र साराबियाले ८६ मिनेटमा गोल गरेका थिए। स्ट्रार्सवर्गका लागि जमेरियाले ५३ र एजोर्क्युले ६४ मिनेटमा गोल गरे।

भर्खरै लियोनल मेस्सीलाई अनुबन्धित गरेको पिएसजीले यस खेल खेल्दा मेसी भने दर्शका रुपमा उपस्थित भएका थिए । मेस्सीसहित यसै सिजन क्लबमा भित्रिएका सर्जियो रामोस, जियानलुइजी डोनारुम्मा, जर्जिनिओ विनाल्डम र अक्राफ हाकिमीलाई पिएसजीले रंगशालामा समर्थकहरु समक्ष उपस्थित गराएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
2