जो रुट चम्किएपछि दोस्रो टेस्टमा इंग्ल्याण्डले लियो अग्रता

Uncategorized

एजेन्सी । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डले अग्रता बनाएको छ । लड्र्समा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले २७ रनको अग्रता बनाएको हो ।

इंग्ल्याण्ड ३ सय ९१ रनमा अलआउट भएको छ । उसका लागि जोय रुटले शतक प्रहार गरेका छन् । १ सय ८० रनमा अविजित रहेका रुटले टेस्ट क्रिकेटमा ९ हजार रन पूरा गरेका छन् । रुटले पहिलो टेस्टमा पनि शतक बनाएका थिए । यस्तै जोनी बेयस्र्टोले ५७ रनको अर्धशतकीय पारी खेले । भारतका मोहमद सिराजले ४ तथा इशान्त शर्माले ३ विकेट लिए ।

त्यस्तै मोहमद शामीले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारत पहिलो पारीमा ३ सय ६४ रनमा अलआउट भएको थियो । वर्षाले प्रभावित भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । पाँच टेस्टको श्रृंखला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0